कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश « Khabarhub

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च अदालतले बिहीबार कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारेको मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्न आदेश दिएको हो ।

प्रधान्यायाधीश डा. श्री मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो । यससँगै कांग्रेसको मुद्दामा सर्वोच्चबाट पुनरावलोकन अनुमति पनि मिलेको छ।

सर्वोच्चले यसअघि गगन थापा समूहलाई आधिकारिकता दिने गरी गरेको फैसलासम्बन्धी मुद्दाको अब सुरूदेखि नै सुनुवाइ हुने भएको छ।

२०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने आफ्नै फैसला अब सर्वोच्चले पुनरवलोकन लाने भएको हो । तत्कालीन सभापति देउवाले गगनलाई आधिकारिकता दिने निर्णसम्बन्धी मुद्दाको पुनरावलोकन मागसहित निवेदन दिएका थिए।

सर्वोच्चको आदेशसँगै सभापति थापाले पाएको आधिकारिकताबारे फेरि सुनुवाइको बाटो खुलेको छ । तत्कालीन सभापति देउवा अहिले हङकङमा छन् । उनी साउन २९ गते नेपाल फर्किने बताइएको छ। यता संस्थापन इतरले छुट्टै राष्ट्रिय भेलाको तयारी गरेका बेला देउवाको निवेदनमा सर्वोच्चले निस्सा दिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ३ : ३३ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।