नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु « Khabarhub

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई-प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ ।

बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई-प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका हुन् । 

नेपाल ई-प्रमाणीकरण प्रणालीको शुभारम्भ भएसंगैकन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने मन्त्री खनालले बताए ।

कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत अब संसारको जुनसुकै स्थानबाट अनलाइन आवेदन पेस गर्न, आवेदनको अवस्था बुझ्न, राजस्व भुक्तानी गर्न र अपोइन्टमेन्ट बुक गर्न सकिने उनले जानकारी दिए ।

मन्त्री खनालले विगतमा कागजात अपुग वा त्रुटिपूर्ण हुँदा सेवाग्राहीले बारम्बार आउजाउ गर्नुपर्ने र लाइन बस्नुपर्ने बाध्यता रहेकोमा, अब अनलाइन स्वीकृतिपछि मात्र विभाग उपस्थित भए पुग्ने भएकाले प्रक्रिया छिटो, सहज र मितव्ययी हुने विश्वास व्यक्त गरे । 

हुलाक सेवा विभागसँग सहकार्य गरी प्रमाणीकृत कागजात सेवाग्राहीको घरसम्मै पुर्‍याउने र स्थानीय तहहरूसँग अन्तरनिकाय आबद्धता कायम गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ५ : २९ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर