काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई विस्थापित गरी नेपालको वर्तमान संविधान अनुरूप नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून बनाउन खोजेको बताएकी हुन् ।
उनले राष्ट्रिय सेवा दलको तालिमसबै विद्यार्थीका लागि अनिवार्य नरहेको उल्लेख गरिन् । सामुदायिक विद्यालयका विद्यार्थीहरू यस्ता तालिम लिन निकै इच्छुक रहेको भन्दै मन्त्री गौतमले यसले उनीहरूलाई मोबाइलको लत र समाजबाट एक्लिने प्रवृत्तिबाट जोगाई सिर्जनशील बनाउन मद्दत गर्ने बताइन् ।
मन्त्री गौतमले संसदीय समितिले गर्ने जुनसुकै छलफलमा सहभागी हुन आफू तयार रहेको भन्दै समितिलाई अनुशासित, मर्यादित बनाउनको सांसदहरू गम्भीर हुनुपर्ने उल्लेख गरिन् ।












प्रतिक्रिया