बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने « Khabarhub

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको आवश्यक शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले व्यहोर्ने भएको छ । 

राष्ट्रिय ट्रमा सेन्टरमा आज ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी, नेरेसो काठमाडौँ जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी डोटेल र केन्द्रीय रक्तसञ्चार सेवाका तर्फबाट निर्देशक पवनकुमार गुप्ताले सो विषयमा हस्ताक्षर गरेका थिए ।  

विगत १८ महिनादेखि मौखिक माग र सहमतिमा नेरेसो काठमाडौँ जिल्लाशाखाले त्यस्तो रगतको भुक्तानी केन्द्रीय रक्तसञ्चार सेवालाई उपलब्ध गराउँदै आएकामा चालु आर्थिक वर्ष ०८३-८४ देखि संस्थागत गर्न यो सम्झौता भएको हो । लालविक्रम थापाको उपस्थितिमा सम्पन्न उक्त सम्झौताको अवधि  विसं २०८४ असार मसान्तसम्म कायम रहनेछ । 

सम्झौतामा नेरेसो काठमाडौँ जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक प्रकाशकुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टर सामाजिक सेवा विभाग प्रमुख इन्दिरा पाण्डेलगायत ट्रमा सेन्टरका विभिन्न विभागीय प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ७ : ४८ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको