हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु « Khabarhub

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका र २९ जना घाइते भएका दुई फरक फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी दिएका छन् । यसलाई दुई पक्षबीच वर्षौंमा सबैभन्दा घातक दिनहरूमध्ये एक हो।

एक सैन्य अधिकारीले एएफपीसँग बताए, “मध्य यमनको मरिब प्रान्तको अल–रुवाइक क्षेत्रमा रहेको सैन्य शिविरमा आक्रमण भएको छ भने साउदी अरबसँगको सीमा नजिक हद्रमाउतको अल–अब्र र अल–वदियाह क्षेत्रका शिविरहरूमा पनि आक्रमण भएको छ।”

सुरक्षाको कारण नाम उल्लेख नगर्ने शर्तमा अर्को सैन्य स्रोतले भनेको छ, “एउटा मिसाइल आक्रमणले मरिब प्रान्तको शिविरमा बिहानको तयारीका क्रममा सैनिकहरूलाई निसाना बनाइएको छ । यसले कम्तीमा ३८ सरकारी सैनिकसहित ४५ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।”

एक दशकभन्दा बढी युद्धमा फसेको यमन गत महिना अमेरिका–इरान युद्धको पछिल्लो मोर्चा बनेको छ किनकि तेहरान समर्थित हुथी विद्रोहीहरूले साउदी समर्थित सरकारसँगको सन् २०२२ को युद्धविराम भङ्ग गरेका छन् ।

विद्रोहीहरूले राजधानी सानाका लागि इरानी विमानको सिधा उडानलाई स्वागत गरेपछि यसले पारस्परिक आक्रमण निम्त्यायो र पछि उनीहरूले साउदी अरबको समुद्री नाकाबन्दी घोषणा गरी यसका ट्याङ्करहरूमाथि आक्रमण गर्न थाले ।

गत महिना हुथीहरूले होदइदा बन्दरगाह शहरको दक्षिणमा सरकारी पक्षका बलहरूमाथि आक्रमण गरी १६ सैनिक मारेका चिकित्सकहरूले एएफपीलाई बताए ।

हुथीहरू सन् २०१४ देखि सरकारसँग युद्धमा छन् जसले लाखौँ मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय सङ्कट निम्त्याएको छ ।

विद्रोहीहरूले यमनको राजधानी साना र घना बस्ती भएको उत्तरको ठूलो भाग नियन्त्रण गरेका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भाग नियन्त्रण गरेको छ ।

सन् २०२२ मा संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि दुई पक्षबीचको लडाइँ धेरै हदसम्म रोकिएको थियो, सम्झौताको म्याद सकिए पनि युद्धविराम कायम रहेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १० : ५१ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस