न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै « Khabarhub

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। डार्विनको मरारा ओभल मैदानमा जारी खेलमा नेपालले टस जिती ब्याटिङ रोजेको हो।

नेपाल आजको खेलमा न्युजिल्यान्ड ‘ए’ लाई पराजित गर्दै अस्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। जारी एकदिवसीय शृङ्खलाका अघिल्ला दुवै खेलमा नेपाल पराजित भएको थियो।

यसअघि नेपाल तास्मिनियासँग २ विकेट र दक्षिण अस्ट्रेलियासँग १३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। आजको खेलका लागि नेपाली टोलीको प्लेइङ-११ मा एक परिवर्तन गरिएको छ। नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई मैदान उतारेको छ।

चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल आजको खेलमा पनि प्लेइङ-११ बाहिरै रहेका छन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : ०४ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता