चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन « Khabarhub

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवन क्षेत्रमा फेला परेका शवहरूको व्यवस्थापन, पहिचान र डिएनए नमुना संकलन कार्यलाई तीव्रता दिइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानबाट ३ सय ६२ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार फेला परेकामध्ये ३ सय ३३ वटा शवको सुरक्षित रूपमा व्यवस्थापन गरिसकिएको छ। सनाखत भएका १४ वटा शव आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।

शवहरूको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि आफन्तहरूको डिएनए नमुना संकलन सुरु गरिएको थियो। भदौ २० गतेसम्ममा हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डिएनए नमुना संकलन भइसकेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए।

प्रहरीका अनुसार भदौ १६ गते ७ जना, १७ गते २६ जना (२ महिला, २२ नेपाली पुरुष र २ भारतीय पुरुष), १८ गते २२ जना (४ महिला, १४ नेपाली पुरुष, १ बालक र ३ भारतीय पुरुष), १९ गते ७ जना (१ महिला, ४ नेपाली पुरुष, १ बालक र १ भारतीय पुरुष) तथा भदौ २० गते ६ जना (२ महिला, १ पुरुष र ३ बालक) आफन्तको डिएनए नमुना संकलन गरिएको छ।

नदी किनारमा थप शवहरूको खोजी, फेला परेका शवको पहिचान तथा आफन्तको विवरण संकलन गर्ने कार्य निरन्तर जारी रहेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ९ : २० बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको