युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी « Khabarhub

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।

करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट उनले हालसम्म तीन पटक फल उत्पादन गरिसकेका छन्। रुपन्देहीको रानीबगियाबाट प्रतिबिरुवा १६० रुपैयाँका दरले ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार-चार वटाका दरले रोपेर खेती सुरु गरिएको बेलवासेले जानकारी दिए। बिरुवा पूर्ण रूपमा परिपक्व भइनसकेकाले चौथो पटकको फल टिप्ने तयारी भइरहेको र आगामी वर्षदेखि उत्पादन उल्लेख्य बढ्ने उनको अपेक्षा छ।

बजारमा ड्रागन फ्रुटको माग राम्रो रहेकाले बिक्रीका लागि कुनै समस्या नरहेको बेलवासे बताउँछन्। हाल प्रतिकिलोग्राम ४ सय रुपैयाँसम्ममा फल बिक्री भइरहेको र ग्राहकहरू घरमै खरिद गर्न आउने गरेका छन्। युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएका उनले सिँचाइको अभाव र गर्मी मौसमलाई मुख्य चुनौतीका रूपमा लिएका छन्।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको यकिन अभिलेख नभए पनि साना तथा छरिएका रूपमा खेती सुरु हुन थालेको बताए। आकर्षक मूल्य र राम्रो बजार सम्भावनाका कारण परम्परागत बाली छाडेर बढी आम्दानी दिने यस्ता नयाँ फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ९ : ५६ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो