देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री « Khabarhub

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास गरिएको छ ।  

आइतबार जेन-जी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेन-जी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो । 

शिलान्यास कार्यक्रममा संचारकर्मीसंग बोल्दै गृहमन्त्री सुदन गुरुङले देशका लागी आफ्नो ज्यान आहुति दिने जेन-जीहरुका सपना पुरा गर्ने बाटोमा सरकार लागिपरेको बताए । 

मन्त्री गुरुङले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताए । 

मन्त्री गुरुङले पार्क निर्माणले मात्र सहिद जेन-जीहरुले न्याय पाउन नसक्ने भन्दै अझै धेरै कामहरू गर्न बाँकी रहेको बताए ।

कार्यक्रममा बोल्दै भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्त्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको बताए । 

उनले हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिए सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

यस अघिको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन-जी शहीदहरूको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १२ : ४८ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै