बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू) « Khabarhub

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। विशेषगरी टोखा र तारकेश्वर नगरपालिकाका डाँडाकाँडा तथा भिरालो क्षेत्रमा पहिरो खस्ने र जमिन चर्किने समस्या देखिएको छ।

लगातारको वर्षाका कारण जमिन कमजोर बन्दै जाँदा पहिरोको जोखिम बढेको हो । सडक तथा बस्ती आसपास पहिरो खस्दा स्थानीयवासी जोखिममा परेका छन् । वर्षा जारी रहेकाले थप पहिरो जान सक्ने भन्दै स्थानीयमा त्रास कायमै छ ।

काठमाडौं उपत्यकामा पहिरोको जोखिम प्राकृतिक कारणसँगै अव्यवस्थित शहरीकरणका कारण पनि बढ्दै गएको छ । 

डाँडाकाँडा काटेर संरचना निर्माण गर्ने, प्राकृतिक पानीको निकास अवरुद्ध गर्ने, जथाभावी सडक खन्ने तथा भिरालो जमिनमा प्लटिङ गर्ने क्रमले जमिन कमजोर बनाएको स्थानीयको भनाइ छ ।

विशेषगरी टोखा र तारकेश्वर क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार भए पनि भू–जोखिम अध्ययन र उचित पूर्वाधार व्यवस्थापन हुन नसक्दा वर्षायाममा समस्या दोहोरिने गरेको छ ।

स्थानीयवासीले पटक–पटक समस्या जानकारी गराउँदा पनि दीर्घकालीन समाधानमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन् । पहिरो रोकथामका लागि तत्कालीन रूपमा पर्खाल, तारजाली र सडक मर्मत गर्ने गरिए पनि जोखिमको मूल कारण नियन्त्रण हुन सकेको छैन ।

विज्ञहरूले जोखिमयुक्त क्षेत्रमा निर्माण नियन्त्रण, भू–प्राविधिक अध्ययन, प्राकृतिक पानीको निकास संरक्षण र अव्यवस्थित प्लटिङमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन्। वर्षा अझै जारी रहने भएकाले उपत्यकाका पहिरो सम्भावित क्षेत्रमा तत्काल अनुगमन र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १ : ५५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको