हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही « Khabarhub

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’ मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ ।

साथै, यस घटनामा कुनै पनि इजरायली सैनिक घाइते भएको खबर नआएको पनि सेनाले जनाएको छ । अर्को एक सन्देशमा, इजरायली सेनाले आसन्न आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिएको छ । “तपाईंहरू हिजबुल्लाह आतङ्कवादी सङ्गठनको एउटा अखडा वा संरचना नजिक हुनुहुन्छ, जसका विरुद्ध आईडीएफले कारबाही अघि बढाउँदैछ”, सेनाले टेलिग्राममा अरबी भाषामा लेखेको छ ।

इरान–समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्वको द्वन्द्वमा तानिएको थियो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण र स्थलगत कारबाही गरेको थियो, जसमा चार हजार ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको दाबी छ ।

जुन महिनामा व्यापक द्वन्द्वका विषयमा अमेरिका र इरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको ढाँचागत सम्झौता पछि हिंसाका घटनामा केही कमी आएको छ । इजरायली सेनाले सीमा क्षेत्रबाट लेबनानभित्र करिब १० किलोमिटर (छ माइल) को गहिराइसम्म फैलिएको स्वघोषित सुरक्षा क्षेत्र भित्र कारबाही गरिरहेको छ । 3

लेबनानका अधिकारीहरूले शनिबार बताएअनुसार इजरायली आक्रमणमा परी देशको दक्षिणी र पूर्वी भागमा चार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ४ : २५ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म