विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन « Khabarhub

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउनेका लागि छुट्टै बैंक खाता चलाउन निर्देशन दिएको छ।

कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी रकम पठाउँदा झन्झट हुने देखिएकाले अन्य खाता प्रयोग गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘विद्यमान नियमअनुसार आफ्ना विविध खाता प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिइएको छ। यी खातामार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघसंस्था तथा सामुदायिक समूहहरूबाट राहत सहयोग रकम संकलन गरिनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

अब नियोगहरूले तोकिएको ढाँचामा जम्मा भएको रकमको दैनिक अभिलेख राख्नुपर्ने भएको छ। संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्ने नियम राखिएको छ। अहिलेसम्म सरकारले दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको थियो।

मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूले सबै मित्रराष्ट्रसँग निकट समन्वय गरी यात्रा सम्बन्धी सूचना बाढीबाट प्रभावित विशेष क्षेत्रहरूमा मात्र सीमित राख्ने प्रयास गरिरहेको पनि जानकारी दिएका छन्।

‘देशका अन्य क्षेत्रहरू यात्रा तथा पर्यटनका लागि खुला र सुरक्षित रहेको विषयलाई पनि स्पष्ट रूपमा उजागर गरिँदैछ,’ मन्त्रालयले आइतबार उल्लेख गरेको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ४ : २५ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति