इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो « Khabarhub

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा सात जना घाइते भएको सरकारी समाचार संस्था आईआरआईबीले आइतबार जनाएको छ। कुर्दिस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तरप्रान्तीय सडकमा उक्त दुर्घटना भएको हो।

दुर्घटनापछि इन्धन ट्यांकरमा भीषण आगलागी भई विस्फोट भएको बताइएको छ। कुर्दिस्तान युनिभर्सिटी अफ मेडिकल साइन्सेसअन्तर्गतको आपत्कालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईलाई उद्धृत गर्दै आईआरआईबीले घटनापछि आसपासमा रहेका धेरै सवारीसाधनमा समेत आगलागी भएको जनाएको छ।

घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि कुर्दिस्तान प्रान्तको राजधानी सनन्दाजस्थित अस्पतालमा पुर्‍याइएको होदाईले बताएका छन्। दुर्घटनाको कारण र क्षतिको थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ५ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको