इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो « Khabarhub

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा सात जना घाइते भएको सरकारी समाचार संस्था आईआरआईबीले आइतबार जनाएको छ। कुर्दिस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तरप्रान्तीय सडकमा उक्त दुर्घटना भएको हो।

दुर्घटनापछि इन्धन ट्यांकरमा भीषण आगलागी भई विस्फोट भएको बताइएको छ। कुर्दिस्तान युनिभर्सिटी अफ मेडिकल साइन्सेसअन्तर्गतको आपत्कालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईलाई उद्धृत गर्दै आईआरआईबीले घटनापछि आसपासमा रहेका धेरै सवारीसाधनमा समेत आगलागी भएको जनाएको छ।

घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि कुर्दिस्तान प्रान्तको राजधानी सनन्दाजस्थित अस्पतालमा पुर्‍याइएको होदाईले बताएका छन्। दुर्घटनाको कारण र क्षतिको थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ५ : ४४ बजे

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय