निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० जनाभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।

 काठमाडौँको विशालनगरमा आज आयोजित शिविरमा हिमाल डेन्टल अस्पताल र इन्टरप्लास्ट नेपालसँगको सहकार्यमा आयोजित शिविरमा ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको हो ।

शिविरमा जेरियाट्रिक (ज्येष्ठ नागरिक हेरचाह सेवा) चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए भने मनोसामाजिक परामर्शदाताले सहभागीलाई आवश्यक परामर्श र सहयोग प्रदान गरेका थिए ।

ज्येष्ठ नागरिकहरू जलनसम्बन्धी घटनाका दृष्टिले पनि संवेदनशील हुने भएकाले शिविरमा जलनबाट बच्ने उपाय तथा सुरक्षासम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । 

कार्यक्रममा घरायसी दुर्घटनाबाट हुने जलन रोकथाम तथा जलन भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानीबारे पनि जानकारी दिइएको थियो । जलनबाट हुने जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत संस्था इन्टरप्लास्ट नेपालले यस सचेतना अभिवृद्धि पहलमा सहकार्य गरेको छ ।

शिविरमा सहभागी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्य समस्या बढी देखिएको जनाइएको छ । 

पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले शिविरमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे सचेतना अभिवृद्धि गर्न तथा आवश्यक सेवासँग उनीहरूलाई जोड्न सहयोग पुगेको बताए ।

सो संस्थाले हालैको रसुवागढी–बाढीबाट प्रभावित व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) तथा नेपाली प्रवासी र उहाँहरूका परिवारका लागि विशेष सहुलियत तथा सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ६ : २९ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला