इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार « Khabarhub

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला पाठक त्रिशूली थ्री ‘बी’मा कार्यरत थिए । प्राविधिक दक्षता कमाएका दम्पतीका जुम्ल्याहा छोराछोरी पनि सँगै थिए ।  

भदौ १० गते भोटेकोशी बाढी आउनुभन्दा आधा घण्टा अघि राजेशको परिवार सम्पर्कमा थियो । आधा घण्टा अघि राजेशको आमाबुबासँग सम्पर्क भएको परिवार स्रोतले बताएको छ । 

जब भोटेकोशीमा हिमबाढी आयो त्यसपछि एकैपरिवारका चार जना सम्पर्कविहीन बने । सम्पर्कविहीन इन्जिनियर छोराबुहारी र नातीनातिना खोज्न परिवार तीनपटकसम्म बाढी प्रभावित क्षेत्रमा पुग्यो । तर अझै उनीहरूको अवस्था अज्ञात छ । 

इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती इन्जिनियर प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोराछोरी आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल १२ दिनयता सम्पर्कविहीन छन् ।

एकैपरिवारका चार जना भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी बेपत्ता भएपछि परिवार, आफन्त र गाउँ शोकमा डुबेको छ भने आमाबुबा गहिरो पीडामा छन् ।

भोटेकोशीमा आएको यो विपत्तिले तित्याङमा सन्नाटा छाएको छ । आफ्ना प्रियजन सकुशल फर्किने आशामा परिवारका सदस्य बाटो हेर्दै बसेका छन् । 

परिवारका सदस्य सम्पर्कविहीन आफन्त खोज्न तीनपटक प्रभावित क्षेत्र गए पनि इन्जिनियरद्वय कार्यरत रहेको त्रिशूली थ्री ‘बी’मा पुग्न नसकिएको सम्पर्कविहीनका आफन्त विष्णु शर्माले जानकारी दिए । 

‘खोजीमा ढिलाइ भएको छ, छिट्टै उनीहरू फसेको भनिएको विद्युत् गृहमा पुग्न सक्नुपर्दथ्यो, अहिलेसम्म आश मरेको छैन, उनीहरू जलविद्युत् गृहमा रहेकाले उक्त घर जलविद्युत्का विज्ञहरूले पनि सुरक्षित हुन सक्ने बताएका छन्’, आफन्त शर्माले भने, ‘परिवारका चारै जनाको अवस्था अज्ञात छ, खोजबिनका लागि तीन पटकसम्म विदुरभन्दा माथि पुगे पनि हेलिकप्टरविना प्रभावित क्षेत्रमा पुग्न सकिने अवस्था भएन, सरकारले खोजी र उद्धारलाई थप तीव्रता दिनुपर्‍यो ।’

शर्माका अनुसार बाढी आउनुअघि छोराछोरी विद्यालयसमेत नगएको जानकारी पाइएको छ । उनीहरू आमाबुबासँगै भूमिगत विद्युत्गृहमा रहेका भन्ने बाढी जानुअघि गरिएको कुराकानीबाट थाहा भएको उनले बताए। 

चार वर्षका बालबालिकासहित आमाबुबा बेपत्ता भएपछि परिवारमा पीडासँगै बेचैनी बढेको छ । आफन्तहरू सकुशल भेटिने आशामा उद्धार भइरहेका अवस्थाको पलपल जानकारी लिइरहेका छन् । बेपत्ता परिवारका आफन्तले सम्भावित सबै स्थानमा तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिन सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग आग्रहसमेत गरेका छन् । 

यसैबीच, बागलुङका बेपत्ताको विषयमा संसद्मा ध्यानाकर्षण भएको छ भने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले खोजीका लागि केन्द्रमा पहल गरिरहेका छन् । 

त्रिशुली थ्री ‘बी’को विद्युत् गृहभित्रको ठूलो भवनमा रहेकाले उनीहरू बाँच्नसक्ने सम्भावना अझै रहेको आफन्त बताउँछन् । इन्जिनियर राजेश परिवारका एक्ला छोरा हुन् । आमा गीता देवी शर्मा र बुबा भीमप्रसाद शर्माका चार जना सन्तानमध्ये कान्छो सन्तानका रूपमा राजेशको जन्म भएको थियो ।

परिवारले सम्पर्कविहीनको बाटो कुरिरहेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले इन्जिनियरका परिवारको खोजीका लागि केन्द्रसँग पहल गरिरहेका बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले जानकारी दिए । 

बाढीमा परेर रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुबेँसीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र नुवाकोटको त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका इन्जिनियर दम्पतीसहित दुई बालबालिका गरी १६ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिए । उनका अनुसार बेपत्ता सबैको अवस्था अहिलेसम्म अज्ञात छ । रासस

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : ५९ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो