किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि « Khabarhub

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ। सोमबार सम्पन्न फाइनलमा आयोजक लेट्स गो एकेडेमीलाई ६३–२८ को फराकिलो स्कोरले पराजित गर्दै किर्तिपुर क्राउन्स च्याम्पियन बनेको हो।

नेपालमा सम्भवतः पहिलोपटक गर्ल्स सुपर लिगको प्रारूपमा आयोजना गरिएको प्रतियोगिताका लिग चरणका खेल ४५ दिनसम्म सञ्चालन भएका थिए ।

प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा किर्तिपुर क्राउन्स र लेट्स गो एकेडेमीसँगै आई।एस।ए एकेडेमी, बलर्स एकेडेमी, सगरमाथा एकेडेमी, यचु एकेडेमी, जेभियर एकेडेमी र रिम रनर्स एकेडेमी सहभागी थिए ।

च्याम्पियन बनेको किर्तिपुर क्राउन्सले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता लेट्स गो एकेडेमीले २० हजार रुपैयाँ हात पारेको छ।

व्यक्तिगत विधातर्फ लेट्स गो एकेडेमीकी दिभा महर्जन ‘म्यान अफ द लिग’ र ‘हाइएस्ट स्कोरर’ घोषित भइन् । सोही टोलीकी ग्रिभा महर्जनले ‘हाइएस्ट थ्री–पोइन्ट स्कोरर’को अवार्ड जितिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी किर्तिपुर क्राउन्सकी लोरिसा गौचन ‘म्यान अफ द म्याच’ घोषित भइन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : २२ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ