किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि « Khabarhub

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ। सोमबार सम्पन्न फाइनलमा आयोजक लेट्स गो एकेडेमीलाई ६३–२८ को फराकिलो स्कोरले पराजित गर्दै किर्तिपुर क्राउन्स च्याम्पियन बनेको हो।

नेपालमा सम्भवतः पहिलोपटक गर्ल्स सुपर लिगको प्रारूपमा आयोजना गरिएको प्रतियोगिताका लिग चरणका खेल ४५ दिनसम्म सञ्चालन भएका थिए ।

प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा किर्तिपुर क्राउन्स र लेट्स गो एकेडेमीसँगै आई।एस।ए एकेडेमी, बलर्स एकेडेमी, सगरमाथा एकेडेमी, यचु एकेडेमी, जेभियर एकेडेमी र रिम रनर्स एकेडेमी सहभागी थिए ।

च्याम्पियन बनेको किर्तिपुर क्राउन्सले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता लेट्स गो एकेडेमीले २० हजार रुपैयाँ हात पारेको छ।

व्यक्तिगत विधातर्फ लेट्स गो एकेडेमीकी दिभा महर्जन ‘म्यान अफ द लिग’ र ‘हाइएस्ट स्कोरर’ घोषित भइन् । सोही टोलीकी ग्रिभा महर्जनले ‘हाइएस्ट थ्री–पोइन्ट स्कोरर’को अवार्ड जितिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी किर्तिपुर क्राउन्सकी लोरिसा गौचन ‘म्यान अफ द म्याच’ घोषित भइन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : २२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको