चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन « Khabarhub

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका प्रमुख राजमार्ग तथा संवेदनशील स्थानमा २४सै घण्टा यात्रु सहायता कक्ष  सञ्चालनमा ल्याइएको छ ।

बिपी र अरनिको राजमार्गलगायत मुख्य सडकका चोक बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, पनौती र मङ्गलटारमा सहायता कक्ष स्थापना गरिएको हो ।

यसैबीच, बनेपाको चारदोबाटोमा आज आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रवीन कार्कीले यात्रु सहायता कक्षको औपचारिक शुभारम्भ गरे ।

सो अवसरमा उनले चाडपर्व मनाउन घर फर्किने यात्रुलाई बिचौलियाबाट हुनसक्ने भाडा ठगी, दिइने सास्ती तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न सहायता कक्ष दिनरात २४ सै घण्टा सञ्चालनमा रहने जानकारी दिए ।

उपरीक्षक कार्कीका अनुसार सहायता कक्षमा खटिएका प्रहरी कर्मचारीले यात्रुलाई तोकिएको भाडादरका विषयमा जानकारी गराउने, सुरक्षित यात्राका लागि सहजीकरण गर्ने तथा कुनै समस्या परेमा तत्काल सहायता उपलब्ध गराउने छन् ।

जिल्ला प्रहरी कार्यालयले यात्राका क्रममा कुनै समस्या, ठगी वा असुरक्षा भएमा नजिकैको सहायता कक्ष वा नेपाल प्रहरीको निःशुल्क नम्बर १०० मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।
 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : २५ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ