महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी « Khabarhub

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको उम्मेदवारी आउने भएको छ।

यसअघि डिला संग्रौलाले मात्रै महिला महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी थिइन्। पछिल्लो समय महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि सोही पदमा उम्मेदवारी दिने तयारी गरेपछि महिला महामन्त्रीमा प्रतिस्पर्धा हुने भएको हो।

डिना नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट नेतृ हुन्। उनले केही समयअघि मात्रै विशेष महाधिवेशन पक्षलाई स्वीकार गरेकी थिइन्। त्यसपछि उनी महिला महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा जुटेकी हुन्।

संग्रौलाले भने यसअघि नै महिला महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिसकेकी थिइन्। उनले आफ्नो उम्मेदवारीका लागि आवश्यक तयारी अघि बढाउँदै आएकी छन्।

यस्तै, कांग्रेसको महिला सहमहामन्त्री पदमा पनि आकांक्षी नेतृहरूको संख्या बढ्दै गएको छ। उक्त पदका लागि सीता गुरुङ, प्रतिभा गौतमलगायतका नेतृहरू आकांक्षी देखिएका छन्।

महाधिवेशनमा महिला पदाधिकारीतर्फ प्रतिस्पर्धा बढेसँगै उम्मेदवारहरू आ–आफ्नो समूह र पक्षसँग छलफलमा जुटेका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ३९ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता