काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय थप गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २० गते मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित समयभन्दा २ घण्टा बढाएर साझ ६:०० बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएको हो।
यसअघि मनोनयन पत्र दर्ताका लागि मंगलबार अपराह्न ४ बजेसम्मको समय सीमा निर्धारण गरिएको थियो। उम्मेदवारहरूको बाक्लो उपस्थिति र कार्यव्यस्तताका कारण तोकिएको समयावधिलाई थप गरी साँझ ६ बजेसम्म पुर्याइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
तोकिएको समयावधिभित्रै मनोनयन पत्र दाखिल गर्न निर्वाचन समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई सूचित गरेको छ।














प्रतिक्रिया