कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो « Khabarhub

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय थप गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २० गते मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित समयभन्दा २ घण्टा बढाएर साझ ६:०० बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएको हो।

यसअघि मनोनयन पत्र दर्ताका लागि मंगलबार अपराह्न ४ बजेसम्मको समय सीमा निर्धारण गरिएको थियो। उम्मेदवारहरूको बाक्लो उपस्थिति र कार्यव्यस्तताका कारण तोकिएको समयावधिलाई थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

तोकिएको समयावधिभित्रै मनोनयन पत्र दाखिल गर्न निर्वाचन समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई सूचित गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ५२ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै