काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह राठोर बर्दियाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
बर्दियामा सम्पन्न मतगणनाअनुसार राठोरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
सभापतिका दावेदार राठोर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनको सभापति पदमा उम्मेदवारी दिने बाटो खुलेको छ। उनले यसअघि नै कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि राठोरले अब सभापतिको उम्मेदवारीका लागि आवश्यक तयारी अघि बढाउने भएका छन्।














प्रतिक्रिया