तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी « Khabarhub

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा नेताको मनोनयन दर्ता तीव्र बनेको छ।

पार्टीको उपसभापति पदका लागि डा. मिनेन्द्र रिजाल, पुष्पा भुषाल, गोविन्द भट्टराई, देवराज चालिसे, विनोद चौधरी र मधु आचार्य गरेर ६ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।

संशोधित विधानअनुसार यस पटक एक वरिष्ठ र एक महिलासहित कुल चार जना उपसभापति निर्वाचित हुने व्यवस्था गरिएको छ।

उम्मेदवारी दर्तापछि नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता गोविन्द भट्टराईले पार्टीलाई गुटमुक्त, एकताबद्ध र बलियो बनाउन उपसभापतिमा दाबी पेस गरेको बताएका छन्।

त्यस्तै, विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारी सम्हालेका देवराज चालिसेले साङ्गठनिक सुदृढीकरणका लागि उपसभापतिमा मनोनयन गराएको जानकारी दिए।

उता, मोरङबाट महाधिवेशन प्रतिनिधि बनेका पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र काभ्रेका पूर्वसभापति मधु आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।

उद्योगी एवं केन्द्रीय सदस्य विनोद चौधरीले समावेशी समूहबाट र पूर्वउपसभामुख पुष्पा भुषालले महिला उपसभापति समूहबाट मनोनयन पत्र दर्ता गराएकी हुन्।

वरिष्ठ उपसभापति पदमा भने उपसभापति विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी दर्ता भएको छ । कांग्रेस महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय दिएको छ ।

महाधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वका लागि देशभरबाट आएका ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। निर्वाचन तालिकाअनुसार आगामी बिहीबार मतदान हुने कार्यक्रम छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : २४ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै