गाजामा इजरायलको कडा चेतावनी « Khabarhub

गाजामा इजरायलको कडा चेतावनी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठ नजिकिँदै गर्दा इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका जनताले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।

रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले अक्टोबर ७ को वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा अन्य हिंसात्मक गतिविधि गर्ने योजना बनाएको भन्ने गुप्त सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको हो।

इजरायली सेनालाई क्षति पुगेमा हमास र गाजाको जनसङ्ख्याले ठूलो मूल्य चुकाउनुपर्ने काट्जले चेतावनी दिएका छन्।

एएफपीका अनुसार आधिकारिक इजरायली तथ्याङ्कमा आधारित विवरणअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। तीमध्ये ४४ जनाको मृत्यु भइसकेको जनाइएको छ।

आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको छ। हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्यांकलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मान्दै आएको छ।

गत अक्टोबरमा युद्धविराम भएयता पनि इजरायली सेनाको कारबाहीबाट एक हजार ४४० भन्दा बढी मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, सोमबार आयोजित सरकारी समारोहमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासको शासन कायम नरहने बताएका छन्। उनले अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउने कार्यमा सहभागी जोसुकैलाई लक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको