गाजामा इजरायलको कडा चेतावनी « Khabarhub

गाजामा इजरायलको कडा चेतावनी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठ नजिकिँदै गर्दा इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका जनताले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।

रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले अक्टोबर ७ को वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा अन्य हिंसात्मक गतिविधि गर्ने योजना बनाएको भन्ने गुप्त सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको हो।

इजरायली सेनालाई क्षति पुगेमा हमास र गाजाको जनसङ्ख्याले ठूलो मूल्य चुकाउनुपर्ने काट्जले चेतावनी दिएका छन्।

एएफपीका अनुसार आधिकारिक इजरायली तथ्याङ्कमा आधारित विवरणअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। तीमध्ये ४४ जनाको मृत्यु भइसकेको जनाइएको छ।

आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको छ। हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्यांकलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मान्दै आएको छ।

गत अक्टोबरमा युद्धविराम भएयता पनि इजरायली सेनाको कारबाहीबाट एक हजार ४४० भन्दा बढी मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, सोमबार आयोजित सरकारी समारोहमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासको शासन कायम नरहने बताएका छन्। उनले अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउने कार्यमा सहभागी जोसुकैलाई लक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४