बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा « Khabarhub

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२-८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । 

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ४१७ ले बढेको हो ।

जन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार सेवा लिनेमध्ये २० वर्षमुनिका एक सय ३४ जना छन् । नेपाल परिवार नियोजन सङ्घ बाँकेकी शाखा प्रबन्धक रश्मी श्रेष्ठले सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनुपर्ने जोखिम क्रमशः घट्दै गएको बताइन् ।

नेपालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएपछि महिलामा सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवाको पहुँच बढेको उनको भनाइ छ । नेपाल परिवार नियोजन सङ्घका २० शाखामध्ये बाँके शाखाले पनि सुरक्षित गर्भपतन सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

भेरी अस्पताल नेपालगञ्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकीले पछिल्लो समय स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा लिने क्रम बढेकाले जोखिम न्यूनीकरण भइरहेको बताए ।

उनका अनुसार विगतमा असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, सङ्क्रमण, पाठेघरमा चोटपटकदेखि महिलाको ज्यानै जोखिममा पर्नेसम्मका समस्या देखिने गरेको थियो ।  डा बुढाथोकीले तोकेका स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन आग्रह गरे।    
 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : ५८ बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा