दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे « Khabarhub

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको जनाएको छ।

विजयादशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरेपछि उक्त साइतमा टीका लगाउनु उत्तम हुने समितिले जनाएको छ। टीका लगाइदिने र लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।

समितिका अनुसार असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना गरिनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ।

त्यस्तै, असोज २६ गते सोमबार बिहान १०:०७ बजे पश्चिम मोहडा फर्काएर झण्डा फेर्ने शुभसाइत छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा र असोज ३१ गते शनिबार फूलपाती परेको छ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको साइत बिहान ७:३७ बजे र स्थिरासनको साइत बिहान १०:३९ बजे रहेको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ। विजयादशमीका दिन टीकाको साइतका साथै श्री तुलजाभवानी यात्राको साइत बिहान १०:५१ बजे र स्थिरासनको साइत दिवा ११:५२ बजे रहेको छ। सोही दिन खड्गयात्रासमेत हुनेछ।

समितिका अनुसार कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरेपछि यस वर्षको नवरात्र तथा दसैँ समापन हुनेछ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ४९ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै