दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे « Khabarhub

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको जनाएको छ।

विजयादशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरेपछि उक्त साइतमा टीका लगाउनु उत्तम हुने समितिले जनाएको छ। टीका लगाइदिने र लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।

समितिका अनुसार असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना गरिनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ।

त्यस्तै, असोज २६ गते सोमबार बिहान १०:०७ बजे पश्चिम मोहडा फर्काएर झण्डा फेर्ने शुभसाइत छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा र असोज ३१ गते शनिबार फूलपाती परेको छ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको साइत बिहान ७:३७ बजे र स्थिरासनको साइत बिहान १०:३९ बजे रहेको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ। विजयादशमीका दिन टीकाको साइतका साथै श्री तुलजाभवानी यात्राको साइत बिहान १०:५१ बजे र स्थिरासनको साइत दिवा ११:५२ बजे रहेको छ। सोही दिन खड्गयात्रासमेत हुनेछ।

समितिका अनुसार कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरेपछि यस वर्षको नवरात्र तथा दसैँ समापन हुनेछ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ४९ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका