कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती « Khabarhub

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । महाधिवेशनको बन्दसत्र र चुनावी प्रक्रिया अघि बढ्दै जाँदा विभिन्न पदहरूमा नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिनेहरूमा श्यामकृष्ण खड्गी, गगनकुमार थापा र किशोरसिंह राठौर रहेका छन् । त्यसैगरी वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ भने महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता भएको छ । यसअनुसार शर्मा र भुसाल सर्वसम्मत चयन भइसकेका छन् ।

खुला उपसभापति पदका लागि नौ जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । यस पदमा डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले मनोनयन दर्ता गराएका छन् । समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ गरी पाँच जनाको उम्मेदवारी परेको छ ।

महामन्त्री पदतर्फ खुलामा आठ र महिलातर्फ तीन जनाको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदय शमशेर राणा र सन्तोष उपाध्याय चुनावी मैदानमा उत्रिएका छन् । महिला महामन्त्रीका लागि डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ बीच प्रतिस्पर्धा हुने भएको छ ।

सहमहामन्त्रीतर्फका विभिन्न विधा र क्लस्टरमा पनि व्यापक उम्मेदवारी दर्ता भएको छ । महिला सहमहामन्त्रीमा नानु बस्तोला र प्रतिमा गौतम तथा खुला सहमहामन्त्रीमा देवेन्द्रराज कँडेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदी प्रतिस्पर्धामा छन् । पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र मीन भाम, खसआर्यतर्फ मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदिश्वरनरसिंह केसी, तथा थारु कोटामा तेजुलाल चौधरी र योगेन्द्र चौधरीको उम्मेदवारी परेको छ ।

यस्तै आदिवासी जनजातिमा बहादुरसिंह लामा, अल्पसंख्यकमा आङगेलु शेर्पा, मुस्लिममा अब्दुल सत्तर र मधेशी क्लस्टरमा अभिषेकप्रताप शाहको उम्मेदवारी परेको छ । दलित सहमहामन्त्रीका लागि भने चार जनाबिच प्रतिस्पर्धा हुने भएको छ, जसमा लक्ष्मी परियार, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र नरेन्द्र पासवान रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ८ : ०१ बजे

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ