तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न « Khabarhub

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ।

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ। चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजअन्तर्गत भूमिगत संरचनाको उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश सिभिल संरचना निर्माण पूरा भएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको उत्खनन तथा कङ्क्रिटिङ कार्य अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए।

भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडान तथा परीक्षणको कामसमेत अघि बढाइएको छ। विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, सिसिटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको आयोजना प्रमुख भण्डारीले बताए।

त्यस्तै, वातावरणीय बहाव व्यवस्थापनका लागि निर्माण गरिने संरचना तथा बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ। सिभिल संरचना निर्माणसँगै उपकरण जडान र परीक्षणको कामलाई समानान्तर रूपमा अघि बढाइएको आयोजनाले जनाएको छ।

प्याकेज–२ अन्तर्गतका संरचना तथा उपकरण जडानको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ३५ बजे

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी– फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

भोजपुर– पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला

यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै

काठमाडौँ– एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार आफ्नो

विद्युत् प्राधिकरणका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला