पार्टी र सरकारबीच कुनै समन्वयको अभाव छैन : सभापति लामिछाने « Khabarhub

पार्टी र सरकारबीच कुनै समन्वयको अभाव छैन : सभापति लामिछाने


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच समन्वयको कुनै अभाव नरहेको दाबी गरेका छन्। उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको पनि स्पष्ट पारेका छन्।

बिहीबार राति चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल गर्ने, सुझाव दिने र निर्णयबारे स्पष्टता माग्ने अभ्यासलाई पार्टीभित्रको असमझदारीका रूपमा बुझ्न नहुने बताए।

‘समन्वयको कुनै पनि कमी छैन। खाली एउटै कुरा के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने।

लामिछानेले सरकार टिकाउन वा पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई समानान्तर भूमिकामा राख्ने अभ्यास आफ्नो पार्टीले नगर्ने बताए। पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो।

सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले सबै निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने बाध्यता नरहेको बताए। सरकारका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो।

प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले आवश्यक समयमा त्यसको औचित्य पुष्टि गर्ने बताए।

सरकारका कामकारबाहीमा सुधार आवश्यक देखिए पार्टीले खबरदारी गर्ने उल्लेख गर्दै उनले त्यसलाई पार्टी र सरकारबीचको विवादका रूपमा व्याख्या नगर्न आग्रह गरे। लोकतान्त्रिक मूल्य र मान्यताअनुसार सरकारलाई सही बाटोमा अघि बढाउन पार्टीले भूमिका खेल्ने उनको भनाइ थियो।

त्यस्तै, राज्यका निकायलाई संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्न दिनुपर्ने धारणा राख्दै लामिछानेले प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल र राष्ट्रिय मानवअधिकार आयोगजस्ता संस्थालाई बलियो बनाउनुपर्ने बताए। अनुसन्धानलगायत विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने उल्लेख गर्दै उनले कुनै निकायबाट गलत काम भए त्यसलाई सच्याउने व्यवस्था रहेको बताए।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १० : १४ बजे

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

काठमाडौँ – पञ्चायतकालमा भूमिगत जीवन बिताइरहेका वामपन्थी नेताहरूलाई दोलखामा आश्रय

लेक लाग्ने समस्या व्यवस्थापन गर्न सरकारले ल्यायो नयाँ मापदण्ड

काठमाडौँ – उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको

सुनको मूल्य ५ हजार ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

बनेपा– तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा

युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री