मनाइयो धनतेरस पर्व  « Khabarhub

मनाइयो धनतेरस पर्व 


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइएको छ ।  

सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ । यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन् । 

केहीले भने यसै दिन बेलुकी धनतेरस पूजा गर्छन् । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको विश्वास छ ।

धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण भाँडाकुँडा एवं गरगहना किन्नेको बजारमा चहलपहल देखिएको छ ।

दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो ।  तिहार शुक्रबारदेखि सुरु भए पनि काग तिहार भने शनिबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ४ : १६ बजे

नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई नजरबन्दमा बाँकी जेल सजाय भुक्तान

टिकटकले सुरु गर्‍यो ‘भिजिट नेपाल’ अभियान

काठमाडौं– नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु

संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द

काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर वाग्चन्दले संविधानले

पोखराले जित्यो टस

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल पोखरा

डब्ल्यूटीएम २०२६ : वेलनेसदेखि दिगो पर्यटनसम्मको प्रवर्द्धन, विश्वका पर्यटकलाई नेपाल भ्रमणको आग्रह

काठमाडौं–  बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला