संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द « Khabarhub

संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा वाग्चन्दले राज्यका सवै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरे अनुसार आफ्नो कर्तव्य पूरा  गर्नुपर्ने भन्दै यसमा आफु प्रतिवद्ध रहेको बताएका हुन् ।

फैसला कार्यान्वयनमा हुने असहयोगप्रति आफु जानकार रहेको भन्दै उनले कर्तव्यको कुरामा पछाडि हट्ने र अधिकारको कुरोमा अगाडि जाने किसिमको सामाजिक मनोविज्ञानले पनि फैसला कार्यान्वयनलाई बाधा पुर्‍याएको धारणा राखे ।

उनले फैसला कार्यान्वयनका लागि न्यायपालिका र कार्यपालिकाबीच समन्वयको खाँचो रहेको उल्लेख गरे  । प्रस्तावित न्यायाधीशद्वय डा वाग्चन्दले न्यायिक कामको गुणस्तर र प्रभावकारिता मापन गर्न औसत मुद्दा फछ्र्योट अवधि, पुराना मुद्दाको अनुपात, सेवाग्राहीको अनुभव लगाएतलाई ध्यान दिइने धारणा राखे । 

त्यस्तै उनले न्यायपालिकाको सुधारका लागि मुद्दाको तयारी र सुनुवाइलाई प्रभावकारी बनाउने, स्पष्ट र समयमै फैसला तयार गर्नेदेखि न्यायमा समान पहुँच तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ४ : ५७ बजे

अनुमतिबिना निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्ससहित पाँचमाथि कारबाही

काठमाडौं– निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)

काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा

एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक

जितेन्द्र श्रेष्ठको ‘परदेशीको देउसी भैलो’ सार्वजनिक, आम्दानी बाढीपीडितलाई दिइने

काठमाडाैँ – रोजगारी तथा अवसरका लागि विदेशमा रहेका नेपालीले चाडपर्वका