टिकटकले सुरु गर्‍यो ‘भिजिट नेपाल’ अभियान « Khabarhub

टिकटकले सुरु गर्‍यो ‘भिजिट नेपाल’ अभियान


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु गरेको छ ।  

टिकटक मार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्‍याउने साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा स्थापित गर्ने उदेश्यका साथ भिजिट नेपाल अभियान सुरु गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित भिजिट नेपाल अभियान शुभारम्भ कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टिकटकलाई नेपालको पर्यटन प्रवर्द्धन गर्ने एउटै प्लेटफर्मका रूपमा मात्र नभई नेपालको पर्यटन, संस्कृति, सिर्जनाशीलता र युवालाई विश्वसँग जोड़ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गरिएको बताए । 

एउटा सुन्दर यात्राबाट आगन्तुकहरूले सुन्दर तस्बिर र भिडियोका साथै मित्रता, अनुभव र नेपालको गहिरो बुझाइ लिएर जाने उनले बताए । 

पर्यटन केवल आगन्तुक भित्र्याउनु मात्र नभई जनताका लागि अवसर सिर्जना भएको भन्दै मन्त्री तिमिल्सिनाले युवाहरूलाई रोजगारी, महिला उद्यमीहरूलाई अवसर र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

यस अभियान अन्तर्गत टिकटकले युरोप, मिडिल ईस्ट, साउथ ईस्ट एसिया र साउथ एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ ।

यसबाट अन्तर्राष्ट्रिय पर्यटकले नेपालका चर्चित पर्यटकीय गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर स्थानहरू बारे पनि जानकारी पाउने पर्यटन बोर्डको विश्वास छ । 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ४ : ५९ बजे

कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु)

बागलुङ–  तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता

अनुमतिबिना निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्ससहित पाँचमाथि कारबाही

काठमाडौं– निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)

काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा

एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक