डब्ल्यूटीएम २०२६ : वेलनेसदेखि दिगो पर्यटनसम्मको प्रवर्द्धन, विश्वका पर्यटकलाई नेपाल भ्रमणको आग्रह « Khabarhub

डब्ल्यूटीएम २०२६ : वेलनेसदेखि दिगो पर्यटनसम्मको प्रवर्द्धन, विश्वका पर्यटकलाई नेपाल भ्रमणको आग्रह


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मा नेपालले वेलनेस, साहसिक, सांस्कृतिक तथा दिगो पर्यटनका विविध सम्भावना प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो उपस्थिति सशक्त बनाएको छ । 

नोभेम्बर ३ देखि ५ सम्म लन्डनस्थित एक्सेल प्रदर्शनी केन्द्रमा आयोजित मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित ३२ वटा पर्यटनसम्बद्ध निजी कम्पनीले सहभागिता जनाएका थिए ।

यस व्यापार मेलामार्फत अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, ट्राभल बायर, सञ्चारमाध्यमका प्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालासँग व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन उत्पादन र सेवाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिएको हो । 

नेपालको सहभागिताले विशेषगरी सन् २०२७ मा मनाउन लागिएको ‘नेपाल वेलनेस पर्यटन वर्ष’लाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने, योग, ध्यान, आध्यात्मिक पुनर्ताजगी तथा समग्र स्वास्थ्यसँग जोडिएका पर्यटन अनुभवको प्रवर्द्धन गर्ने र हिमाली साहसिक पर्यटनभन्दा बाहिरका विविध गन्तव्य तथा अनुभवलाई विश्वसामु प्रस्तुत गर्ने विषयलाई प्राथमिकता दिएको थियो ।

मेलामा नेपालले हिमाल आरोहण तथा पदयात्रासँगै उच्च हिमाली म्याराथन, माउन्टेन बाइकिङ, र्‍याफ्टिङ, वन्यजन्तु अवलोकन, सांस्कृतिक सम्पदा, सामुदायिक पर्यटन र आध्यात्मिक पर्यटनका सम्भावना प्रस्तुत गरेको थियो । प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र स्थानीय समुदायसँगको अन्तरक्रियालाई समेटेर नेपाललाई विविध अनुभव प्रदान गर्ने जिम्मेवार तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको थियो ।

नेपालको प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव शंकरबहादुर केसी पनि सहभागी थिए । नेपाल पेभिलियनको उद्घाटन मन्त्री पौडेलले प्रतिनिधिसभा सदस्य मनीष झाको उपस्थितिमा गरेका थिए । 

डब्ल्यूटीएमको अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्रसिंह शेखावत, भारतीय राज्यसभाका सदस्य तथा प्रख्यात लेखक एवं समाजसेवी सुधा मूर्ति, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थतन्त्र तथा पर्यटनमन्त्री अब्दुल्ला बिन तौक अल मारी र श्रीलङ्काका पर्यटन उपमन्त्री प्रा. रुवान रणतुङ्गासँग उच्चस्तरीय भेटवार्ता तथा अन्तरक्रिया गरेका थिए । 

भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रमा लगानीका सम्भावना खोज्ने तथा अन्तर्राष्ट्रिय साझेदारीलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

त्यसैगरी पर्यटनमन्त्री पौडेलले डब्ल्यूटीएमसँगै विश्व पर्यटन तथा भ्रमण परिषद् (डब्ल्यूटीटीसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन निकाय (यूएन टुरिजम) को संयुक्त आयोजनामा सम्पन्न २०औँ मन्त्रीस्तरीय सम्मेलनमा पनि सहभागिता जनाएका थिए । 

‘उत्थानशील र पुनरुत्थानमुखी भविष्यका लागि पर्यटन सुदृढीकरण’ विषयमा आयोजित सम्मेलनमा विश्वका पर्यटन नेतृत्वकर्ताहरूले पर्यटन क्षेत्रको उत्थानशीलता, दिगो लगानी र सरकार तथा निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल गरेका थिए ।

 सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमाली गन्तव्यहरूमा बढ्दै गएको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । 

उनले हालैको भोटेकोसी आकस्मिक बाढीले मानवीय क्षति हुनुका साथै पर्यटन पूर्वाधार र सम्पत्तिमा पुर्‍याएको क्षतिको उदाहरण प्रस्तुत गर्दै जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा निम्त्याइरहेको चुनौतीबारे चर्चा गरेका थिए । 

पर्यटन क्षेत्रलाई सम्भावित विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न स्थानीय समुदाय, सरकार र बलिया संस्थागत संरचनाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो । 

दिगो तथा उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी नीति र संस्थागत सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिए ।

नेपालले मेलामा वन्यजन्तु संरक्षणमा हासिल गरेका उपलब्धिलाई पनि प्रमुखताका साथ प्रस्तुत गरेको थियो । स्थानीय समुदाय, संरक्षण साझेदार संस्था र राष्ट्रिय निकुञ्जबीचको सहकार्यबाट जैविक विविधता संरक्षणमा प्राप्त सफलता अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसमक्ष प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ४ : ३५ बजे

सिंहदरबारभित्रै जेब्रा क्रसिङमा गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

काठमाडौँ– सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको

ममता हत्याकाण्डमा नरेशको बयान : शव व्यवस्थापन गरेको स्वीकार

काठमाडौं- अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणका

कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु)

बागलुङ–  तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता

अनुमतिबिना निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्ससहित पाँचमाथि कारबाही

काठमाडौं– निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन