मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै « Khabarhub

मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाँके – डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण ‍(बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ। जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो।

डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले भने, “हामीले चालु आर्थिक वर्षदेखि यस कार्यालयलाई नयाँ र आकर्षक बनाउने उद्देश्यले आवश्यक मर्मतसम्भार र केही भौतिक संरचनाको निर्माण सुरु गरेका छौँ।”

अहिलेको कार्यालय संरचना कर्मचारी सङ्ख्या र सेवाग्राहीको चापअनुसार पर्याप्त नभएको बताउँदै उनले नयाँ भवन निर्माण र भौतिक सुधारपछि सेवा प्रवाह अझ छरितो, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास गरेका छन्।

कार्यालयको मुख्य प्रवेशद्वार पुनःसंरचना गर्नुका साथै प्रवेशद्वार पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ। “यसअघि प्रवेशद्वारको मर्मत नहुँदा सहायक वैकल्पिक द्वार प्रयोग गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “एक लाखको लागतमा नयाँ प्रवेशद्वार निर्माण भएपछि आवतजावत सहज भएको छ।” मुख्य प्रवेशद्वार अगाडि रहेको खाल्डो पुर्न १० टिपर माटो प्रयोग गरिएको उनले जानकारी दिए।

कार्यालयलाई डिजिटल र सूचनामैत्री बनाउने उद्देश्यले दुई वटा डिजिटल बोर्ड स्थापना गरिएको छ। साथै, यसअघि आधा भागमा मात्र सीमित रहेको कार्यालय पर्खाललाई चालु आर्थिक वर्षमा पूर्ण गरिएको वन अधिकृत गुप्ताले जानकारी दिएका छन्।

कार्यालय परिसरभित्र कर्मचारी र सेवाग्राहीका लागि विश्रामस्थलको व्यवस्था गर्दै काठ र खरको गोल घर पनि निर्माण गरिएको छ। कार्यालयलाई अझ आकर्षक बनाउन परिसरमा रहेको बाघ, हात्तीलगायत मूर्तिलाई रङरोगन गरी नयाँ रूप दिइएको छ। दुई कठ्ठा क्षेत्रफलमा फैलिएको फूलबारीको गोडमेल गरी हिउँदे फूलहरू रोपिएको छ भने परिसरभित्र उम्रिएका सानाठूला झाडी कटान गरी व्यवस्थित गरिएको छ।

यसैक्रममा, डिभिजन वन कार्यालयमा नयाँ भवन निर्माण पनि औपचारिक रूपमा सुरु भएको छ। लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालयको पहलमा कार्यालयका लागि तीन तले नयाँ भवन निर्माण हुन लागेको वन अधिकृत गुप्ताले जानकारी दिए। उनका अनुसार उक्त भवन ३६ कोठाको हुनेछ।

प्रदेश सरकारको बजेट स्रोतबाट निर्माण हुन लागेको यस आयोजनाको अनुमानित कूल लागत रु तीन करोड ५० लाख ६० हजार ६६७ रहेको डिभिजनल वन अधिकृत गुप्ताको भनाइ छ।

भवन निर्माणका लागि रु दुई करोड ६० लाख ३४ हजार २७८ मा ठेक्का सम्झौता गरिएको कार्यालयले जनाएको छ। गुप्ताका अनुसार गत साउन ७ गते ठेक्का सम्झौता सम्पन्न भएको यो भवन विसं २०८४ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

उनका अनुसार निर्माण गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने उद्देश्यले नियमित अनुगमन र प्राविधिक मूल्याङ्कन गरिएको छ।

नयाँ संरचनाले कर्मचारीका लागि सुरक्षित, सुविधायुक्त कार्यस्थल र सेवाग्राहीका लागि सहज तथा मैत्रीपूर्ण वातावरण प्रदान गर्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ४७ बजे

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन