एमालेको सचिवालय बैठक ९ बजे बस्दै « Khabarhub

एमालेको सचिवालय बैठक ९ बजे बस्दै

राष्ट्रिय सभा निर्वाचनमा तालमेलको विषयमा छलफल हुने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

बैठक मङ्गलबार बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुनेछ । राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपाबीच तालमेल हुने गरी छलफल भइराखेको छ । बैठकमा प्रमुख दलबीच हुने तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्नेछन्।

त्यसैगरी एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौँमा बस्ने भएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : ०५ बजे

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा