नारायणी किनारमा एकसिंगे दुर्लभ गैँडाको प्रकृति प्रजनन दृश्य (तस्बिरहरू) « Khabarhub

नारायणी किनारमा एकसिंगे दुर्लभ गैँडाको प्रकृति प्रजनन दृश्य (तस्बिरहरू)


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै दुर्लभ एक सिंगे गैँडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ ।

सन् २०२१ मा नेपालमा भएको गैँडा गणनामा चितवनमा ६९४ गैँडा थिए । देशभर गरे ७५२ गैँडाको गणना भएको थियो ।

नेपालले सन् २०३० सम्म गैँडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ। त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन् ।
यद्यपि, केही समयदेखि गैँडा मर्ने क्रम बढेकोले लक्ष्यमा पुग्न सहज बाटो भने देखिँदैन ।

यसबीच नारायणी नदी किनारमा विरैले देखिने गैँडाको दृश्य कैद भएको छ। एक भाले, एक आमा गैँडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए । 

त्यसबीच प्रकृतिमा रम्दै भाले र पोथी गैंडाबीच प्रजनन क्रिया सम्पन्न भयो। करिब दुई घण्टासम्म चलेको प्रजनन प्रक्रियाको दुर्लभ तस्बिरहरू नेपालको गैँडा बढाउन गरिँदै आएका प्रयासको साक्षी बन्न सक्छ ।

नेपालमा सन् २०२१ पछि गैँडा गणना भएको छैन। पछिल्लो समय नेपालमा गैँडाको संख्या बढ्दो क्रममा रहेकोले गणना गर्नुपर्ने माग बढ्दो छ ।   

 तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली