नियमविपरीत अनलाइन औषधि बिक्री रोक्न विभागलाई संघको ध्यानाकर्षण « Khabarhub

नियमविपरीत अनलाइन औषधि बिक्री रोक्न विभागलाई संघको ध्यानाकर्षण


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले नियमविपरीत सञ्चालन भइरहेका अनलाइन तथा डिजिटल फार्मेसीमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

संघले औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायण ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अनलाइन तथा डिजिटल माध्यममार्फत भइरहेको औषधिको बिक्री, वितरण र प्रचार–प्रसार तत्काल नियन्त्रणमा लिन आग्रह गरेको हो ।

संघका अनुसार औषधि ऐन २०३५, औषधि बिक्री वितरण संहिता २०८० तथा अन्य प्रचलित औषधि सम्बन्धी ऐन–कानुनमा अनलाइन तथा डिजिटल माध्यमबाट औषधि बिक्री–वितरण गर्ने सम्बन्धी स्पष्ट व्यवस्था छैन । 

संघले यस किसिमको प्रचलनले चिकित्सकको प्रेस्क्रिप्सनको अवहेलना, औषधिको दुरुपयोग, जनस्वास्थ्यमा जोखिम, तथा फार्मेसीहरूबीच अस्वस्थ प्रतिस्पर्धा जस्ता समस्या उत्पन्न हुने ठहर गरेको छ ।

साथै सामाजिक सञ्जालमार्फत औषधिको विज्ञापन, अस्वस्थकर अफर, प्रतिस्पर्धा तथा होम डेलिभरी जस्ता गतिविधिमाथि कडाइका साथ नियमन गर्न र ऐन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुन बमोजिम कारबाही गर्न संघले विभागसँग माग गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ४९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले