‘एकपटक तताएर प्रयोग गरिसकेको तेल फेरि प्रयोग गर्नु स्वास्थ्यमाथिको ठूलो खेलवाड हो’ « Khabarhub

‘एकपटक तताएर प्रयोग गरिसकेको तेल फेरि प्रयोग गर्नु स्वास्थ्यमाथिको ठूलो खेलवाड हो’



काठमाडौं– भान्छामा गरिने सानो गल्तीले भविष्यमा क्यान्सर र मुटु रोगजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । विशेषगरी खाना पकाउँदा तेलको प्रयोग र छनोटमा ध्यान नदिँदा स्वास्थ्यमा दीर्घकालीन असर परिरहेको हुन्छ।

खाना पकाउँदा तेलबाट धुवाँ निस्किनु भनेको तेलको प्राकृतिक गुण नष्ट हुनु हो । यसलाई प्राविधिक भाषामा ‘स्मोक प्वाइन्ट’ भनिन्छ । जब तेलबाट धुवाँ निस्किन थाल्छ, तब त्यसमा एल्डिहाइड, पेरोक्साइड र ट्रान्सफ्याटजस्ता हानिकारक रसायनहरू बन्न थाल्छन् । यी तत्वहरूले शरीरमा क्यान्सरको जोखिम बढाउने, फोक्सोमा समस्या ल्याउने र मुटुको नसामा बोसो जमाएर हृदयघातको जोखिम बढाउँछन् ।

बटरभन्दा घिउ किन राम्रो ?

धेरैलाई बटर र घिउमा कुन प्रयोग गर्ने भन्ने दुबिधा हुन्छ । तर बटरभन्दा घिउ स्वास्थ्यका लागि सुरक्षित मानिन्छ । यसको मुख्य कारण भनेको घिउको ‘स्मोक प्वाइन्ट’ बटरभन्दा बढी हुन्छ। अर्थात्, घिउले बढी तापक्रम सहने क्षमता राख्छ र चाँडै धुवाँ फ्याँकेर हानिकारक बन्दैन ।

कुन तेलमा ‘डिप फ्राई’ नगर्ने ?

हामीमध्ये धेरैले तोरीको तेल वा ओलिभ आयलमा पकौडा, पुरी वा अन्य खानेकुरा ‘डिप फ्राई’ (तेलमा डुबाएर पकाउने) गर्छौं । तर यसो गर्नु गलत हो । तोरीको तेल र शुद्ध ओलिभ आयलको धुवाँ आउने बिन्दु कम हुने भएकाले धेरै तताउँदा यो छिट्टै विषालु बन्न सक्छ । 

‘डिप फ्राई’ गर्नका लागि सूर्यमुखी वा राइस ब्रानजस्ता उच्च तापक्रम सहन सक्ने तेलहरू बढी उपयुक्त मानिन्छ ।

प्रयोग भइसकेको तेल फेरि प्रयोग गर्नु महाभुल 

एकपटक तताएर प्रयोग गरिसकेको तेल फेरि तताएर प्रयोग गर्नु स्वास्थ्यमाथिको ठूलो खेलवाड हो । हामी प्रायः पैसा बचाउन वा अज्ञानताका कारण एकपटक पकाइसकेको तेललाई भाँडोमा राखेर भोलिपल्ट फेरि तरकारी ओइरिन वा अन्य परिकार बनाउन प्रयोग गर्छौं । तर, एकपटक धुवाँ आइसकेको तेलको रासायनिक संरचना बिग्रिसकेको हुन्छ ।

यसलाई फेरि तताउँदा क्यान्सर गराउने तत्व (कार्सिनोजिन) र डिएनए बिगार्ने रसायनहरू उत्पादन हुन्छन् । यसले शरीरका भित्री अंगहरू सुन्निने र दीर्घ रोग लाग्ने सम्भावना अत्याधिक बढाउँछ ।

त्यसैले, घरमा एकपटक प्रयोग भइसकेको तेललाई पुनः प्रयोग नगर्न र बाहिर बजारमा बारम्बार एउटै तेलमा पकाइएका खानेकुराहरू (जस्तैः पकौडा, समोसा, चिकेन फ्राई आदि)सकेसम्म नखानु राम्रो हुन्छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ०६ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले