इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु « Khabarhub

इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

यस्तै एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् ।

देशको धर्मतन्त्रले एउटा पश्चिमी प्रान्तमा अशान्तिलाई स्वीकार गरेपछि त्यहाँ सुरक्षा बलले एक अस्पतालमा छापा मारेको बताइएको छ ।
 
एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ । इरानभित्रैको कार्यकर्ता सञ्जालमा आधारित रिपोर्टिङ यसअघि पनि विश्वसनीय ठहरिँदै आएको छ ।

अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपका क्रममा करिब २५० जना प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । तर सरकारले मृतक र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।

सोमबार राति इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इलाम प्रान्तको घटनाबारे ‘पूर्ण अनुसन्धान’ गर्न गृह मन्त्रालयलाई विशेष टोली गठन गर्न निर्देशन दिएको छ । इलामको मालेकशाही क्षेत्रमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको देखिने भिडियो सार्वजनिक भएका छन् । 

उनले इलाम सहरको अस्पतालमा सुरक्षाबलले छापा मारेको घटनालाई पनि स्वीकार गरे । अनलाइन दृश्यमा दङ्गा नियन्त्रण पोसाकमा सुरक्षाकर्मी अस्पताल प्रवेश गरेको देखिन्छ, जहाँ घाइते प्रदर्शनकारी खोजिएको कार्यकर्ताहरूले बताएका छन् ।

अस्पतालमा भएको घटनाको अमेरिकी विदेश मन्त्रालयले कडा आलोचना गर्दै यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । फार्सले प्रदर्शनकारी सशस्त्र रहेको दाबी गरे पनि त्यसको पुष्टि हुने प्रमाण सरकारले सार्वजनिक गरेको छैन । 

इराकसँग सीमा जोडिएको इलाम प्रान्त कुर्दिश र लुर समुदायको बसोबास क्षेत्र हो र गहिरो आर्थिक समस्यामा छ । बढ्दो मृतक सङ्ख्याले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्नसक्ने चेतावनी दिएका छन् । 

ट्रम्पको उक्त चेतावनीप्रति इरानी अधिकारीहरूले कडा प्रतिक्रिया जनाएका छन् ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देखिएको आन्दोलनयता यो सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ । प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनले जनआक्रोश बढाएको छ । 

सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले दङ्गाकारीलाई नियन्त्रणमा राख्नुपर्ने बताए पनि विरोध प्रदर्शन अझै शान्त भएको देखिँदैन ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : ४२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर