‘धुरन्धर’ पछि रणवीर सिंह जम्बी संसारमा, ‘प्रलय’ लाई लिएर चर्चा « Khabarhub

‘धुरन्धर’ पछि रणवीर सिंह जम्बी संसारमा, ‘प्रलय’ लाई लिएर चर्चा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता रणवीर सिंह अहिले फिल्म ‘धुरन्धर’ को ऐतिहासिक सफलतासँगै चर्चामा छन्।

भारतमा ८ सय करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै यो फिल्मले बलिउड इतिहासमै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मको कीर्तिमान बनाएको छ। यस सफलतापछि रणवीरको करिअरको अर्को कदम के हुने भन्ने विषयले मनोरञ्जन क्षेत्र तताएको छ।

यसैबीच ‘धुरन्धर पार्ट–२’ सन् २०२६ मार्च १९ मा रिलिज हुने घोषणा भएसँगै रणवीरका आगामी परियोजनाबारे चासो झन् बढेको छ। आधिकारिक घोषणा भइनसकेको भए पनि भारतीय मिडिया एनडीटीभीका अनुसार रणवीरले ‘प्रलय’ नामक नयाँ फिल्म साइन गरिसकेका छन्।

एनडीटीभीका अनुसार ‘प्रलय’ बलिउडको पहिलो जम्बी एपोकालिप्स कथामा आधारित फिल्म हुनेछ। जम्बी महामारीपछि ध्वस्त भएको संसारमा आधारित यो फिल्मको कथा विनाशपछि अराजकतामा फसेको भविष्यको मुम्बई वरिपरि घुम्ने बताइएको छ। मानव अस्तित्व र बाँच्ने संघर्ष फिल्मको मुख्य विषय रहनेछ।

फिल्मसँगै अभिनेत्री कल्याणी प्रियदर्शनको नाम पनि चर्चामा छ। चर्चित निर्देशक प्रियदर्शनकी छोरी कल्याणीले मलयालम हिट फिल्म ‘लोकाहः च्याप्टर १’ बाट प्रशंसा बटुलेकी थिइन्। ‘प्रलय’ मार्फत उनको बलिउड डेब्यु हुन सक्ने चर्चा चले पनि निर्माताको तर्फबाट हालसम्म आधिकारिक पुष्टि भने आएको छैन।

‘धुरन्धर’ को अपार सफलतापछि रणवीर सिंहको नयाँ अवतार, फरक कथा र नयाँ शैलीले दर्शकलाई फेरि एकपटक चकित पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : १५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान