‘धुरन्धर’ पछि रणवीर सिंह जम्बी संसारमा, ‘प्रलय’ लाई लिएर चर्चा « Khabarhub

‘धुरन्धर’ पछि रणवीर सिंह जम्बी संसारमा, ‘प्रलय’ लाई लिएर चर्चा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता रणवीर सिंह अहिले फिल्म ‘धुरन्धर’ को ऐतिहासिक सफलतासँगै चर्चामा छन्।

भारतमा ८ सय करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै यो फिल्मले बलिउड इतिहासमै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मको कीर्तिमान बनाएको छ। यस सफलतापछि रणवीरको करिअरको अर्को कदम के हुने भन्ने विषयले मनोरञ्जन क्षेत्र तताएको छ।

यसैबीच ‘धुरन्धर पार्ट–२’ सन् २०२६ मार्च १९ मा रिलिज हुने घोषणा भएसँगै रणवीरका आगामी परियोजनाबारे चासो झन् बढेको छ। आधिकारिक घोषणा भइनसकेको भए पनि भारतीय मिडिया एनडीटीभीका अनुसार रणवीरले ‘प्रलय’ नामक नयाँ फिल्म साइन गरिसकेका छन्।

एनडीटीभीका अनुसार ‘प्रलय’ बलिउडको पहिलो जम्बी एपोकालिप्स कथामा आधारित फिल्म हुनेछ। जम्बी महामारीपछि ध्वस्त भएको संसारमा आधारित यो फिल्मको कथा विनाशपछि अराजकतामा फसेको भविष्यको मुम्बई वरिपरि घुम्ने बताइएको छ। मानव अस्तित्व र बाँच्ने संघर्ष फिल्मको मुख्य विषय रहनेछ।

फिल्मसँगै अभिनेत्री कल्याणी प्रियदर्शनको नाम पनि चर्चामा छ। चर्चित निर्देशक प्रियदर्शनकी छोरी कल्याणीले मलयालम हिट फिल्म ‘लोकाहः च्याप्टर १’ बाट प्रशंसा बटुलेकी थिइन्। ‘प्रलय’ मार्फत उनको बलिउड डेब्यु हुन सक्ने चर्चा चले पनि निर्माताको तर्फबाट हालसम्म आधिकारिक पुष्टि भने आएको छैन।

‘धुरन्धर’ को अपार सफलतापछि रणवीर सिंहको नयाँ अवतार, फरक कथा र नयाँ शैलीले दर्शकलाई फेरि एकपटक चकित पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : १५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी