गैरीगाउँ आगलागी : ११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो « Khabarhub

गैरीगाउँ आगलागी : ११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए । गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरू राखिएको थियो । 

११ वटा दमकल सहित तीन वटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट लोयला स्कुलको भवन र केही घरमा पनि क्षति पुगेको छ । 

नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : २५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान