नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने « Khabarhub

नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ ।

गत कात्तिक १९ गते विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले दुई महिनापछि केन्द्रीय कमिटी घोषणा गर्ने भएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले यस्तो बताएका हुन् ।

‘बैठकले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको छ । त्यही दिन विभागहरू पनि तोक्ने निर्णय भएको छ’, उनले भने ।

उता माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पनि आफ्नो हैसियत कायम गरेर भाग लिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ३३ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।