नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने « Khabarhub

नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ ।

गत कात्तिक १९ गते विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले दुई महिनापछि केन्द्रीय कमिटी घोषणा गर्ने भएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले यस्तो बताएका हुन् ।

‘बैठकले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको छ । त्यही दिन विभागहरू पनि तोक्ने निर्णय भएको छ’, उनले भने ।

उता माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पनि आफ्नो हैसियत कायम गरेर भाग लिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ३३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली