पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा « Khabarhub

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज पार्टी केन्द्रीय कार्यालयमा भएको दुव्र्यवहारप्रति आपत्ति जनाएका छन् ।

आजको कार्यसम्पादन समितिको बैठकमा जाँदा निधिलाई विशेष महाधिवेशनको वकालत गर्ने कि नगर्ने भन्दै धकेलाधकेल गर्दै दुव्र्यवहार भएको थियो ।

‘आज पार्टी कार्यालय बाहिर आदरणीय नेता बिमलेन्द्र निधि प्रति भएको व्यवहार गलत छ,’ उनले भनेका छन्, ‘असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।’

उनले पार्टीका नेता कार्यकर्तालाई अनुरोध गर्दै थप भने, ‘म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रियाभन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १० : ४५ बजे

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई