‘घण्टी’ समर्थक र रुटिनेलाई तनुजाले भनिन् : दुर्घटनामा दोहोरो मापदण्ड हुँदैन, मानवीय विषयमा ‘दलको झोला’ बिसाउनू « Khabarhub

‘घण्टी’ समर्थक र रुटिनेलाई तनुजाले भनिन् : दुर्घटनामा दोहोरो मापदण्ड हुँदैन, मानवीय विषयमा ‘दलको झोला’ बिसाउनू


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी अभियन्ता तनुजा पाण्डेले सडक दुर्घटनामा राजनीतिक दल र समर्थकहरूको प्रतिक्रियामा देखिएको ‘दोहोरो मापदण्ड’बारे प्रश्न उठाएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफदेहिता र न्यायको विषय उठाउँदा त्यसलाई राजनीति भनेर टार्ने प्रवृत्तिको आलोचना गरेकी हुन्।

पाण्डेले गत भदौ २१ गते नेकपा एमालेबाट कोशी प्रदेशका मन्त्री राम राना मगरको गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएको घटनाको स्मरण गराउँदै त्यतिबेला देशभर आक्रोश देखिएर तत्कालीन सरकारमाथि प्रश्न उठाइएको उल्लेख गरेकी छन्।

तर, बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरलेको गाडीको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको ज्यान गएको घटनामा आवाज कमजोर बनेको उनको भनाइ छ।

यसपटक ४ वर्षीया पीडितको पक्षमा बोल्नेहरूलाई ‘राजनीति नगर’ र ‘एजेन्डा नबनाऊ’ भनेर ट्याग लगाउने प्रवृत्ति देखिएको बताएकी छन्। ‘दुर्घटना रोक्न नसकिएला, तर जवाफदेही हुन सकिन्छ,’ उनले भनिन्, ‘जवाफदेहिता र न्यायको माग कहिलेदेखि राजनीति भयो ?’

पाण्डेले अगाडि भनिन्, ‘हिजो अरूको गल्तीमा बोल्नु नैतिकता थियो, आज आफ्नै पार्टीको गल्तीमा बोल्नु राजनीति बनाइँदैछ।’

रास्वपाका उम्मेदवार सवार गाडीको गल्ती लुकाएर पार्टी जोगाउने काम नै गलत राजनीति भनेकी छन् । गल्ती भएपछि पार्टी जोसुकैको भए पनि गलत नै हुने सन्देश उनले दिएकी छन् ।

उनले ‘घण्टी’ का समर्थक र सामाजिक सञ्जाल प्लेटफर्म रुटिनअफ नेपाल बन्दलाई सम्बोधन गर्दै संवेदनशील र मानवीय विषयमा दलगत ‘रङका झोला’ बिसाउन आग्रह गरेकी छन्। ‘परिवारलाई शक्ति र पीडितलाई न्याय दिलाउनु हाम्रो साझा जिम्मेवारी हो,’ उनको भनाइ छ।

पाण्डेले पुराना अभ्यासभन्दा फरक देखिनुपर्ने दायित्व नयाँ राजनीतिक धारका समर्थकहरूमा रहेको उल्लेख गर्दै मानवीय संवेदनशीलतामा आधारित राजनीति आवश्यक रहेको बताएकी छन्।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : ०१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स