स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन « Khabarhub

स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक अस्पताल र पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन गरेकी छन् । 

अनुगमनका क्रममा उनले दुवै अस्पतालको भौतिक पूर्वाधार, सेवा प्रवाहको अवस्था तथा बिरामीहरूको पहुँचबारे विस्तृत जानकारी लिइन् । 

अनुगमनका दौरानमा अस्पताल प्रशासनसँग भएको छलफलमा मन्त्री गौतमले स्वास्थ्य सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र बिरामीमैत्री बनाउन आवश्यक सुधारका कदम चाल्नुपर्नेमा जोड दिइन् । उनले सेवा प्रवाहमा देखिएका कमजोरी पहिचान गरी तत्काल सुधारका योजना बनाउन निर्देशन पनि दिइन् । 

अनुगमनपछि मन्त्री गौतम र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच जनस्वास्थ्यका एजेन्डामा केन्द्रित विशेष भेटघाट सम्पन्न भएको छ । 

भेटघाटमा विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचसम्म पुर्‍याउन महानगरपालिकाले गरिरहेका प्रयासहरू र आगामी दिनमा मन्त्रालय तथा स्थानीय सरकारबीच हुन सक्ने नीतिगत तथा व्यावहारिक सहकार्यका विषयमा गहिरो छलफल भएको बताइएको छ ।

मन्त्री गौतमले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य बलियो बनाएर मात्रै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने उल्लेख गरिन् । 

साथै, महानगरपालिकासँगको समन्वयमार्फत स्वास्थ्य बीमा र प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : ५५ बजे

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार