कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा « Khabarhub

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन र यूएईमा इस्लामिक इमिरेट्सको दूतावासको लगातार कूटनीतिक प्रयासपछि राष्ट्रिय दिवसको अवसरमा एक सयभन्दा बढी अफगान नागरिकहरूलाई जेलबाट रिहा गरेको जनाएको छ ।

रिहा भएका केही व्यक्तिहरू अफगानिस्तान फर्के सकेको र बाँकीका लागि फिर्ती प्रयास भई रहेको र आवश्यक कानुनी प्रक्रिया पछि चाँडै फर्किने जनाइएको छ ।

विदेश मन्त्रालयले यूएई सरकार र यसका सम्बन्धित अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै विदेशमा रहेका अफगान कैदीहरूको रिहाइको अनुगमन र सुरक्षा मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताएको छ ।

टोलो न्यूजले राजनीतिक विश्लेषक सैयद गरिबुल्लाह सादतलाई उदृत गर्दै यो प्रक्रियालाई थप व्यवस्थित गरि विभिन्न राष्ट्रहरूबाट अफगान नागरिकहरूलाई फिर्ता गर्न विदेश मामिला मन्त्रालय र शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयबीच संयुक्त समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  २ : २२ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर