वरिष्ठ रुसी सैन्य अधिकारीमाथि गोली प्रहार « Khabarhub

वरिष्ठ रुसी सैन्य अधिकारीमाथि गोली प्रहार


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक जना रुसी वरिष्ठ सैन्य अधिकारीमाथि गोली प्रहार भएको छ । रुसको राजधानी मस्कोमा रुसी सेनाका लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभमाथि गोली प्रहार भएको हो ।

बन्धुकधारीले उनको शरीरमा धेरै पटक गोली प्रहार गरेको बीबीसीले जनाएको छ । गोली लागेर घाइते भएका लेफ्टिनेन्ट जनरल अलेक्सेयेभलाई अस्पताल लगिएको थियो ।

उनी रुसी सेनाको जनरल स्टाफका मुख्य निर्देशनालयका वरिष्ठ अधिकारी रहेको जनाइएको छ । चार वर्षदेखि रुसले युक्रेनमा सञ्चालन गर्दै आएको युद्धमा उनको महत्वपूर्ण भूमिका रहेको बीबीसीले उल्लेख गरेको छ ।

खासगरी सन् २०२२ मा मारिउपोल शहरको घेराबन्दीका क्रममा उनले वार्ताकारको भूमिका खेलेका थिए । त्यसबाहेक वाग्नर भाडाका सैन्य समूहका प्रमुख येभ्गेनी प्रिजोजिनसँगको वार्तामा पनि उनी सहभागी थिए ।

उनीमाथि गोली प्रहार गर्ने बन्दुकधारीको पहिचान हुन नसकेको र घटनाबारे अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  २ : ४४ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।