जलेश्वरमा १२० करोडको लागतमा पाँचतारे होटल निर्माण हुने « Khabarhub

जलेश्वरमा १२० करोडको लागतमा पाँचतारे होटल निर्माण हुने


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा १२० करोड रुपैयाँको लागतमा अत्याधुनिक पाँचतारे होटल ‘साङ्ग्रिला प्रिमियर रिसोर्ट एन्ड  क्यासिनो’ निर्माण हुने भएको छ ।
  
मधेश प्रदेशको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले सत्या समूहको लगानीमा निर्माण हुन लागेको ७५ अन्तरराष्ट्रिय मापदण्डका लक्जरी कोठा, विदेशी पर्यटकलाई लक्षित गरी अन्तरराष्ट्रियस्तरको क्यासिनो, विवाह तथा कर्पाेरेट सम्मेलनका लागि अत्याधुनिक ब्याङ्क्वेटहल तथा प्रिमियम क्लब निर्माण हुनेछ ।
 
सो होटल निर्माणपश्चात् स्थानीय २०० भन्दा बढी युवाले प्रत्यक्ष रुपमा रोजगारी पाउने उक्त समूहका प्रबन्ध निर्देशक धर्मा मण्डलले जानकारी दिए । 

झण्डै २२ कट्ठा जमिनमा  निर्माण हुन लागेको उक्त होटलको निर्माणका लागि  ७० प्रतिशत बैंक कर्जाबाट तथा ३० प्रतिशत सत्या समूहको स्वपुँजी रहने प्रबन्ध निर्देशक मण्डलको भनाइ छ । 

होटलका लागि जमिनको खरिद तथा नापनक्सासमेत भइसकेको बताइएको छ ।  
 
होटल निर्माणबारे पत्रकारहरूलाई आज जनकपुरधाममा जानकारी दिँदै प्रबन्ध निर्देशक मण्डलले जनकपुर र जलेश्वर तथा आसपासको क्षेत्रका साथै सीमावर्ती पर्यटन तथा आगन्तुकको बसोबास र मनोरञ्जनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन योजनाअनुसार यो होटल निर्माण गरिन लागेको हो । 

सो होटलको निर्माणबाट उक्त क्षेत्रमा व्यावसायिक कारोबार बढ्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ३ : २१ बजे

उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

काठमाडौं– उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत

‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले देश

जन्ती बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले दियो आर्थिक सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका